ब्रेकिङ न्युज

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई ‘अपहरणकारी’ ज्यान गयो

प्रकाशित मिति: August 6, 2018 5:02 pm

काठमाडौँ – भक्तपुरको ठीमीमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ। महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठिमीमा अपहरणकारी लुकेको सूचना आयो।

उनीहरूलाई खोज्दै गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......