रहेनन् रवीन्द्र मिश्रका पिता, सुतेको अवस्थामा राति २ बजे निधन

प्रकाशित मिति: August 8, 2018 11:50 am

काठमाडौँ, २३ साउन – वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन ।

उहाँको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुनुहुन्छ ।

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सम्बन्धित शीर्षकहरु

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन......

बस दुर्घटना अपडेट : सातको मृत्यु, ३१ घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

गलकोट, ३ माघ – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा......