ब्रेकिङ न्युज

आकाशको पाँच फिल्ममा पाँच हिरोइन, कोसँग रुचाउलान् जोडी ?

प्रकाशित मिति: August 8, 2018 5:26 pm

काठमाडौं – फिल्म ‘म त तिम्रै हुँ’बाट नेपाली फिल्म रजतपटमा डेब्यु गरेका नायक हुन् आकाश श्रेष्ठ । राम्रो लुक्स भएका उनलाई त्यसै फिल्मबाट धेरैले सम्भावना बोकेको नायकका रुपमा लिएका थिए ।

‘म त तिम्रै हुँ’मा आकाशले जोत्सना योगीसँग जोडी बाँधेका थिए । यस जोडी खासै प्रशंसा पाउँन सकेन । फिल्म पनि असफल भइदियो ।

गत वर्ष आकाश अभिनित दोश्रो फिल्म ‘तिमी सँग’ प्रदर्शनमा आयो । व्यापारिक रुपमा केही कमजोर बनेको यस फिल्ममा कलाकारको कामको भने प्रशंसानै भएको थियो । यस फिल्ममा भने उनले अहिलेकी स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मीसँग जोडी भएर काम गरेका थिए । तर, साम्राज्ञीसँग जोडीलाई पनि त्यती रुचाइएन् ।

अब, आकाश अभिनित तिन फिल्म प्रदर्शनको तयारीमा छन् । ‘ब्ल्याक’, ‘रामकाहानी’ र ‘ड्रिम गर्ल’ उनको प्रदर्शनमा आउन लागेका फिल्म हुन् ।

आकाशले यी तिन फिल्ममा तिन फरक फरक नायिकासँग काम गरेका छन् । उनले फिल्म ‘ब्ल्याक’मा नायिका आँचल शर्मासँग रोमान्स गरेका छन् भने र रामकहानीमा नायिका पूजा शर्मा र ‘ड्रिम गर्ल’मा नव नायिका आश्मा गिरीसँग जोडी भएर काम गरेका छन् ।

भदौ १ गतेबाट प्रदर्शनमा आउने ‘ब्ल्यक’मा उनले आँचल शर्मासँग जोडी बाँधेका छन् । जुन जोडी अहिले चर्चाको विषय बनेको छ । सफल नायिका आँचल र आकाशको यो जोडीलाई पर्दामा हेर्न दशर्क आत्तुर देखिन्छन् । गीत र ट्रेलरमा भने यो जोडीले सकरात्मक प्रतिकृया पाएको छ भने पर्दामा रुचाउलान् वा नरुचाउलान् त्यो हेर्न बाकीँ छ ।

त्यस्तै भदौ २२ गतेबाट ‘रामकहानी’ रिलिज हुदौँछ । यस फिल्ममा भने उनले नायिका पूजा शर्मासँग रोमान्स गरेका छन् । उनीहरुको जोडी पनि निकै चर्चित छ । हुन त पूजासँग जोडिएका हरेक नायकको चर्चा हुनेगर्छ । फरक फरक नायकसँग काम गर्दै आएकी पूजाले यस फिल्ममा पनि नयाँ नायक छानेकी हुन् । उनीहरुको जोडी हेर्न पनि दर्शक प्रतिक्षारत छन् ।

असोज १९ मा रिलिज हुने फिल्म ‘ड्रिम गर्ल’मा पनि आकाशले नयाँ हिरोइन पाएका छन् । उनले त्यस फिल्ममा भने नव नायिका आश्मा गिरीसँग रोमान्स गरेका छन् । फिल्मको रिलिज मिति अझै धेरै बाकीँ हुदाँ यो जोड चर्चा कम छ ।

रिलिज भएका दुई फिल्ममा खासै केमेष्ट्रि जमाउँन नसकेका आकाशले रिलिज बाकीँ रहेका तिन फिल्ममा कोसँग राम्रो केमेष्ट्रि देखाएका छन् त्यो भने हेर्न बाकीँ नै छ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......