ब्रेकिङ न्युज

इन्काउन्टर काण्डमा काठमाडौं प्रहरीलाई उजुरी दर्ता

प्रकाशित मिति: August 9, 2018 8:39 am

साउन २४, काठमाडौं । अपहरणपछि बालकको हत्या गरेको अभियागेमा भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका भनिएका दुईजनाका परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका दर्ता गरेका छन् ।

बुधबार आयोगको हरिहरभवनस्थित कार्यालय पुगेका उनीहरुले घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् । दुवै परिवारको उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी डा.टीकाराम पोखरेलले जानकारी दिए । आयोगले उक्त घटनाको वास्तविकताबारे छानविन गर्ने आश्वासनसमेत पीडित परिवारलाई दिएको छ ।

पेप्सीकोला काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङमाथि इन्काउन्टर गरिएको जनाएको थियो ।

मारिएका दुवै युवाका परिवारले उजुरी दिँदै घटनाको सत्यतथ्य छानबिन गर्न आयोगका अधिकारीसमक्ष माग गरेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भने भक्तपुरको सूर्यविनायक नजिकैको जंगलमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको बताउदै आएको छ

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......