ब्रेकिङ न्युज

अमेरिकामा मोडलिङ गर्दै सुनिक्षा, दिलिपसँग लाखौं तस्विर सार्वजनिक

प्रकाशित मिति: August 9, 2018 9:24 am

काठमाडौं । सपनाको कुनै सिमा हुदैन, त्यस्तै चाहनाको पनि कुनै गन्तव्य हुदैन । जहाँ जसरी भएपनि मान्छेले आफ्नो चाहान व्यक्त गर्न सक्छन् र चाहे अनुसार त्यसलाई पुरा गर्ने कोशिश पनि गर्छन् । जहाँ समस्या त्यहा उपाय भने जस्तै विदेशमा गएर पनि मोडलिङ गर्न सकिन्छ भने उदाहरण हो सुनिक्षा । सुनिक्षा मैनाली बच्चा देखीनै स्कुले जीवनमा डान्स गर्ने गर्थिन् । पछि ठूलो भएर डान्सर हुने, मोडलिङ गर्ने उनको ईच्छा थियो तर समयसँगै परिवारले उनलाई आईटी पढाउनको लागि अमेरिका पठाईन् ।

उनी १० बर्षदेखी अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आईरहेकी छिन् । अमेरिका गएदेखीनै विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिन थालेकी उनले विस्तारै फुसर्दको समयमा मोडलिङ शुरु गरेकी हुन् । उनले दिलिप रायमाझी र राज भल्लब कोईराला लगायत अमेरिकामै रहेका चर्चित मोडलहरुसँग गीतमा अभिनय गरिसकेकी छिन् । विस्तारै फिल्मको तयारी गरिरहेकी सुनिक्षा आफ्नो चाहनालाई समय अनुसार पुरा गरिरहेकी बताउँछिन् । उनले नेपाली कला, संस्कृती झल्किने खालका कार्यक्रमहरु अमेरिकामा गर्दै आईरहेको पनि बताएकी छिन् ।

राजेश पायल राईको स्वरमा रहेको चमेलीको, दिपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौं तस्विर, रामकृष्ण दकालको कहाँ बाट लगायतका आधा दर्जन भन्दा गीतहरुमा उनले अभिनय गरिसकेकी छिन् । पछिल्लो समय उनको लाखौं तस्विर नामको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा मिलन अमात्यको स्वर रहेका छ । यस्तै सुनिक्षाले गीतमा दिलिप रायमाझिसँग रोमान्स गरेकी हुन् ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......