कस्तुरीको बिनासहित ४ जना पक्राउ

प्रकाशित मिति: August 9, 2018 10:33 am

साउन २४, काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट कस्तुरीको बिनासहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लुका दिपक नेपाली, रामेछाप गोकुलगंगाका अर्पण सुनुवार, रामेछाप बेथानका उज्वल पाण्डे र सल्यान कालागाउँका जीवन बस्नेतलाई कस्तुरीको बिनासहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

विषेश सूचनाको आधामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौंको ज्याठाबाट पक्राउ गरेको हो । पक्राउ परेका ४ जनालाई प्रहरी परिसर दरबारमार्गमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन......

बस दुर्घटना अपडेट : सातको मृत्यु, ३१ घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

गलकोट, ३ माघ – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा......