ब्रेकिङ न्युज

तपाईहरुको बच्चालाई डिप्रेसन भएको छ भने यसो गर्नुहोस्

प्रकाशित मिति: August 9, 2018 2:40 pm

चिन्ताको चरम रुपलाई डिप्रेसन भनिन्छ । डिप्रेसन मानसिक समस्या हो । यसको उपचार मानसिक विधीबाट मात्र संभव छैन । यसका लागि औषधी सेवनदेखि अनेक किसिमको उपचार अपनाउनुपर्ने हुन्छ ।

यस्तो समस्या वयस्क एवं ठूलाहरुलाई मात्र हुँदैन । बच्चालाई पनि हुन्छ । अझ अहिलेको अवस्थामा बच्चाहरु यसको जोखिममा छन् । बच्चालाई किन डिप्रेसन हुन्छ र यसका एकमात्र कारण छैन । वर्तमान अवस्थामा एकल पारिवारिक संरचनादेखि विद्यालयको व्यवहारले समेत उनीहरुलाई यस किसिमको जोखिममा पारिरहेका छन् । पढाईको बोझ, अभिभावकको अपेक्षा अदि कारण बच्चाहरुमा डिप्रेसन देखिएको बताइन्छ ।

डिप्रेसनको कारण बच्चाहरु आत्महत्या गर्न समेत उक्सिने गरेका छन् । अहिले विश्वमै यस्तो प्रवृत्ति बढिरहेको छ । डिप्रेसन एक सायकोटिक डिसअर्डर हो । यसको प्रभाव के हुन्छ भने, बच्चा दुई हप्ता वा त्यो भन्दा बढी समय उदास रहन्छ । अक्सर आमाबुबाले आफ्नो बच्चलाई बुझेकै हुँदैनन् । बच्चाको रुची र क्षमताभन्दा पनि आफ्नो इच्छा उनीहरुमाथि लाद्ने गर्छन् । त्यही कारण बच्चामा मानसिक तनाव हुन्छ । र, त्यसले डिप्रेसनको रुप लिन्छ ।

अतः बच्चामा डिप्रेसन हुनु बच्चाको कमजोरी वा गल्ती होइन । त्यस्तो अवस्थामा उनीहरुलाई बढी दवाव दिने वा गाली गर्ने, कुट्ने व्यवहार एकदमै नराम्रो हो । बरु बच्चालाई कसरी डिप्रेसनबाट बाहिर ल्याउने भन्ने कुरामा आवश्यक तयारी चाहिन्छ । यसका लागि बच्चामा डिप्रेसन छ, छैन भन्ने कुरा थाहा पाउन जरुरी छ ।

बच्चामा डिप्रेसनको प्रभाव
यो मानसिक समस्या हो । र, चिन्ताको चरम रुप । जब बच्चालाई डिप्रेसनले गााज्न थाल्छ, उनीहरुमा अस्वभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले औधी खाने, कहिले एक्कसी रमाउने, कहिले रिसाउने, र्झकने गर्छन् ।बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । सानो कुरामा खुसी हुन्छन् । सानो कुरामा दुखी हुन्छन् । सुख, दुख सबैकुरा उनीहरु खुलेर व्यक्त गर्छन् । तर, जब बच्चालाई डिप्रेसनले गााज्छ, उनीहरुमा यस्ता स्वभाविक प्रतिक्रिया नदेखिन सक्छ ।

डिप्रेसनको लक्षण
– कुनै कारणबस् रुने ।

– सधै मुड खराब रहनु । अक्सर रिसाइरहनु ।

– खानपिन, पढाई वा खेल्नमा खासै रुची नदेखाउने ।

– अनावश्यक खुसी हुने वा दुखी हुने ।

– विद्यालयमा अरुसँग घुलमिल नहुनु ।

– बेचैन रहनु ।

– धेरै बरबराउनु ।

– परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने ।

– एकान्तमा बस्न रुचाउनु ।

के गर्ने ?
बच्चालाई डिप्रेसन भएमा के गर्ने रु यसका लागि अभिभावकले एकदमै सर्तक हुन जरुरी छ । बच्चालाई डिप्रेसनबाट मुक्त दिलाउनका लागि अभिभावक, घरपरिवारले विशेष पहल गर्नुपर्छ । यसका लागि बच्चाको रुची र चाहना अनुसार यस्तो काम गर्नुपर्छ, जसले उसलाई खुसी तुल्याउन सकियोस् ।

पढाईको बोझ दिने, जवरजस्ती पढ्न लगाउने जस्ता गतिविधिले थप जटिलता पैदा गर्छ । यदी विद्यालय वा होमवर्कको कारण उनीहरु चिन्तित छन् भने त्यसको समाधान खोज्नुपर्छ । अहिलेका विद्यालयहरुले बालबालिकाको अवस्था अनुरुप सही ढंगले परामर्श दिने वा व्यवहार गर्ने गरेको पाइदैन । यदी त्यस्तो व्यवहार र वातावरण विद्यालयमा छ भने, त्यस्ता विद्यालयमा बच्चालाई पठाउनु भनेको थप संकट निम्त्याउनु हो ।

बच्चालाई सकेसम्म प्रकृतिको नजिक लानुपर्छ । खेल्न र रमाउन दिनुपर्छ । सकारात्मक कुराहरु सिकाउनुपर्छ । संभव भएसम्म योग एवं प्राणायाम विधीमा अभ्यस्त गराउनुपर्छ । योगले धेरै किसिमको समस्याबाट उन्मुक्ति दिलाउाछ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......