प्रचण्ड भारत भ्रमणमा गए लगत्तै चीनमा जाने तयारी

प्रकाशित मिति: August 10, 2018 2:05 pm

साउन २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्ष्प कमल दाहाल प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ । प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।

एमाले र माअ‍ोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । स्रोतका अनुसार प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ ।

सम्बन्धित शीर्षकहरु

काङ्ग्रेसको कार्यालय भवन निर्माण

मङ्सिर २७, दमक – नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ५ को पक्की कार्यालय भवन निर्माण गरिएको छ । दमक–५ स्थित......

मुआब्जा समस्या समाधान गरी द्रुतमार्ग अघि बढ्छ : उपप्रधानमन्त्री पोखरेल

मङ्सिर २७, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई/मधेश द्रुतमार्ग’को प्रवेशविन्दु......