१ लाख लुटपाट गरेको अभियोगमा दिदीबहिनी पक्राउ

प्रकाशित मिति: August 10, 2018 3:34 pm

साउन २५, काठमाडौं । नगद १ लाख लुटपाट गरेको अभियोगमा दुई युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका–३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहर रहेका छन् । उनीहरुले कर्जन्हा नगरपालिका–११ बस्ने रामकुमार यादवबाट १ लाख लुटेको भन्दै बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा सवार उनीहरुले धनगढीमाई नगरपालिका–१० स्थित धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेका थिए ।

खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

चैत ५, विराटनगर – बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा......

बढी शुल्क फिर्ता गराउ : विवेकशील साझा

चैत ५, काठमाडौँ – विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट......