ब्रेकिङ न्युज

‘छिरिङ’ को ‘तिमीले त मायामा’ सार्वजनिक

प्रकाशित मिति: August 10, 2018 3:52 pm

साउन २५, काठमाडौं । आगामी असोज १२ गतेबाट देशैभर रिलिज हुने फिल्म ‘छिरिङ’ को ‘तिमीले त मायामा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा यशकुमारको संगीत, शब्द र स्वर रहेको छ भने उनलाई विन्दु परियारले साथ दिएकी छन् । गीतमा निमा रुम्बा र डेब्यु अभिनेत्री कामना भुजेल फिचर्ड छन् ।

नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ’मा दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो ।

यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

सम्बन्धित शीर्षकहरु

जनप्रतिनिधिको मर्यादा राख्नुस्– प्रधानमन्त्री

साउन ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र......

अस्पतालमा उपचार गर्दा बिरामीको मृत्यु भए चिकित्सकलाई जन्मकैद हुने हल्ला मात्रै होः प्रधानमन्त्री ओली

साउन ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध......