‘रोजी’को गीतमा उत्कृष्ट म्युजिकल्ली गर्नेलाई १ लाख

प्रकाशित मिति: August 10, 2018 4:10 pm

साउन २५, काठमाडौं । भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘रोजी’ को गीतमा उत्कृष्ट म्युजिकल्ली गर्नेलाई १ लाख पुरस्कृत गरिने भएको छ । आफ्नो प्रचारलाई तिव्रता दिनका लागि हालै यूट्युबमा रिलिज भएको फिल्मको गीत ‘फूल हैन’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरिएको हो ।

यूट्युबमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्ने निर्देशक निरक पौडेलले बताए । संयोजक सन्ध्या थापाका अनुसार, प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् भने वालमा पनि सेयर गर्न सक्नेछन् ।

सर्वोत्कृष्टलाई नगद १ लाख र विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।

‘फूल हैन ’ मा एलिस कार्कीको संगीते छ भने प्रविशा अधिकारी र प्रताप दासको स्वर छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्मित क्राइम थ्रीलर फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

सम्बन्धित शीर्षकहरु

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

नारायणपुर, ३ माघ – नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन......

बस दुर्घटना अपडेट : सातको मृत्यु, ३१ घाइते, हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

गलकोट, ३ माघ – म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा......