ब्रेकिङ न्युज

‘राधा २’ बन्ने, नायिका पिंयका फाइनल

प्रकाशित मिति: August 10, 2018 5:42 pm

साउन २५, काठमाडौं । नायिका सञ्चिता लुइटेल अभिनित चलचित्र ‘राधा’ निर्देशन गरेका योगेश घिमिरेले अब ‘राधा २’ बनाउने भएका छन् । उनले बनाउन लागेको यो चलचित्रको शिर्ष भूमिकामा नायिका प्रियंका कार्की फाइनल भएकी छिन् ।

प्रियंकालाई लिड हिरोइनको रुपमा प्रस्तुत गर्न लागिएको यो चलचित्रमा २ नायक रहनेछन् । २ नायकको बारेमा अहिले भने कुनै जानकारी दिइएको छैन । चलचित्रमा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले चलचित्रको कथा लेखेका हुन् । संजय न्यौपानेले यो चलचित्रको निर्माण गर्दैछन् ।

चलचित्रको छायांकन भदौ २५ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । महिला केन्द्रित चलचित्रले लभ स्टोरी कथा नै भन्नेछ ।

सम्बन्धित शीर्षकहरु

दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला

भदौ १, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे......

आगलागी हुँदा दुई करोडको क्षति

भदौ १, काठमाडौं ।  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई......