ब्रेकिङ न्युज

यसरी भएको थियो ठाडो भाकाका गायक दीर्घराज अधिकारीको नाम भेडीखर्के साइला

प्रकाशित मिति: August 27, 2018 1:20 pm

काठमाडौं । मानिसको नाम परिवर्तन धेरै कारणबाट हुने गर्दछ । जन्मिएको ९ दिन, न्वारनमा राखिने असली नाम भन्दा पछी राखिने नामलाई उपनाम भन्ने गरिन्छ । जब समाजमा कसैले राम्रो काम गर्यो भने अथवा नराम्रो गर्यो भने पनी उपनाम राखेर गाउँ समाजमा पछी त्यही नाम परिचित हुन जान्छ । त्यस्तै उपनामले नेपाली लोक संगीत क्षेत्रमा परिचित नामले चिनिएका ठाडो भाकाका श्रष्ठा एवं गायक स्वर्गीय भेडीखर्के साइला पनी उपनामले नै परिचित भएका थिए । १९९० भदौ २९ गतेका दिन बुवा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साइलो छोराको रुपमा लमजुङमाको परेवा डाँडामा जन्मिएका थिए । उनले १२ बर्षको कलिलो उमेरबाट नै ठाडो भाकाको गीत गाउन थाले । लमजुङ दुराडाँडाबाट देवबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई टपक्कै टिपेर उनले अगाडी बढाएका थिए ।जुनगीत लमजुङ बाहेक पश्चीमभेग सबै ठाउमा प्रचलित थियो । अहिले त्यही ठाडो भाका गाउने कलाकारको लोप भएको अवस्था छ । जब भेडीखर्के साइलाले ठाडो भाकाको गीत चिनाए, अब उनको बिडो धान्ने सायद कोही न आउन पनी सक्छ । लमजुङकै सिन्दुरे भन्ने ठाउमा रहँदा उनका बुवाले भेडा पालेका थिए । त्यही ठाउँको खर्क भन्ने ठाउँमा दीर्घराज अधिकारी भेडा चराउन जान्थे । उनको बास्तविक नाम भने दीर्घराज अधिकारी हो । तर भेडीखर्के साइला पछी गएर उनको कला, क्षमता र उनको अलौकिक प्रतिभाबाट अलग्गै उपनाम बन्न पुग्यो । त्यहीबाट उनको बुवाले भेडा पालेको र खर्क भन्ने ठाउँमा उनी भेडा चराउन जाँदा भेडीखर्के साइला उनको उपनाम भएको हो । गाउँले समाज मात्रै नभएर बाहुनको छोराले गीत गाउन हुन्न इज्जेत जान्छ भन्ने चलन भएता पनी उनले त्यो कुरा पटक्कै मानेनन् । आफ्नो बुवा आमा, दाजुभाई छरछिमेक सबैले यो काममा लाग्न हुन्न भनेर सम्झाउँदा पनी उनले ठाडो भाकालाई मात्रै ध्यान दिएर भेडीखर्के साइला नाम कहलाए । अहिले ठाडो भाकाको गीत गाउने कलाकार उनि जत्तिको कोही छैनन् । त्यही ठाडो भाकालाई उनले एल्बम निकाल्नको लागी २०३५ साल देखी रेडियो नेपालमा धाउँदा सम्म धाए, तर सोर्सफोर्स न पुगेर बिचमै रोकियो । यस्तै ठाडो भाकाका गीत र आफ्नो गाउँले जिवन यापन गर्दा गर्दै उनको उमेर अवस्था अनुसार रोगले पनी च्याप्दै गयो । त्यसपछी उनी सुन्दरबजार स्थित छोरी ज्वाँको घरमा बस्दै आए । पछी उनलाई दमको रोगले च्याप्दै गयो र २०७४ साल भदौ २६ गते साँझ ५ बजे उनको निधन भएको थियो । लमजुङ जिल्लालाई ठाडो भाकाको गीत मार्फत परिचित बनाएका भेडीखर्के साइलालाई सबैले अग्रज कलाकारको रुपमा मान्दै आएका थिए । त्यही लमजुङ जिल्लाबाट धेरै राम्रा कलाकारहरुको जन्म भएको छ । बरिष्ठ लोकदोहोरी गायिका बिमाकुमारी दुरा र लोकप्रिय गायक राजु परियारको जन्म पनी त्यही लमजुङमा नै भएको हो ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......