समाचार

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

2 hours ago

वैशाख १६, सोलुखुम्बु – काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी/कलम किनेर लैजाने बताए । कक्षा ५ मा पढ्दै गरेका पेमनुरुले यसवर्ष......

निर्वाचनमा होमिनुको अर्को बिकल्प छैन

2 hours ago

वैशाख १६, काठमाडौँ – सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, मौलिक हकसहितको समाजवाद उन्मुख आर्थिक व्यवस्थाको संस्थागत गर्न आसन्न स्थानीय तहको निर्वाचन एक उत्सवका रुपमा हरेक नेपाली मतदाताको घर आँगनमा आइसकेको छ । यतिखेर मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको छ । यही वैशाख ३१ र जेठ ३१ गरी दुई......

तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन

2 hours ago

वैशाख १६, चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ । मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी......

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

2 hours ago

वैशाख१६, पोखरिया – भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् । बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो । जमुनिया......

एक किलो सुनसहित तीन पक्राउ

2 hours ago

वैशाख १६, झापा – प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको......

तीन दिनअघि बेपत्ता दुईवर्षे बालकको हत्या

2 hours ago

वैशाख १६, लहान – सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा शनिबार बिहान शव फेला परेको छ । बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत बुधवार साँझ घरबाटै अचानक बेपत्ता भएका खोरिया निवासी भरोसी......

उपत्यकाबाट ५० मेट्रिक टन फोहर व्यवस्थापन

3 hours ago

वैशाख १६, काठमाडौँ – उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ५० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका विभिन्न स्थानमा भएको सफाइमा दुई हजार २८० व्यक्तिको सहभागिता थियो । वाग्मती सफाइ महाअभियानको २०७ औँ हप्तामा शनिबार थापाथली पुलमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा ५५०......

एमालेद्वारा उम्मेदवारको घोषणा

3 hours ago

वैशाख १६, भक्तपुर – नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ । एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । त्यसैगरी एमालेले......

छात्रामा ‘मास हिस्टेरिया’को समस्या

3 hours ago

वैशाख १६, जुम्ला – तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ । चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई÷तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त......

औलो रोगका बिरामी घट्दै

3 hours ago

कञ्चनपुर – लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका बिरामी कञ्चनपुरमा प्रति वर्ष घट्दै गएका छन् । विषादीरहित झुलको प्रयोगमा व्यापकता र औलोका जीवाणु सार्ने लामखुट्टे नियन्त्रण गर्नका लागि विषादी छर्कने कार्य निरन्तर रुपमा गरिँदै आएकाले औलो रोगका बिरामीप्रति बर्ष घट्दै गएका हुन् । औलोका बिरामीको......

‘प्रशासन र चिकित्सक दुवै दोषी’

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प......

Displaying hari-om.gif