समाचार

दुर्घटना रोक्न खटिने ट्राफिक प्रहरी दुर्घटनामा पर्दैनन् ?

11 hours ago

फागुन ११, काठमाडौं – गत साता कोटेश्वरमा रात्रीकालिन सवारी जाँच ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान गोविन्द रानाभाट टाटासुमोको ठक्करबाट घाइते भए । यो घटनामा चालक भुवनकुमार मापसे गरेर गाडी हाँकेका थिए । आजको अन्नपूर्ण पोष्टमा खबर छ । गत मंसिर ४ गते गौशालास्थित जयवागेश्वरी सडकमा राती तीन जना सवार......

राट्रिपतिले आफ्नै श्रीमती उपराष्ट्रपतिमा नियुक्त गरे

11 hours ago

फागुन ११, अजरबैजान – अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी श्रीमती मेहरिबानलाई देशको उपराष्ट्रपति पदमा नियुक्त गरेको खबर आजको नागरिकमा छ । अजरबैजानमा गत सेप्टेम्बर महिनामा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति चयन गर्ने जनादेश दिएको थियो । यही......

मलेसियासँग श्रम सम्झौता

11 hours ago

फागुन ११, काठमाडौं – बर्षौदेखिको प्रयासपछि बल्ल नेपाल र मलेसियाबीच श्रम सम्झौता हुने भएको खबर आजको नागरिकमा छ । मलेसियाको मावव संसाधान मन्त्रालयका सहसचिव केशाभान कारुपिहा नेतृत्वको प्रतिनिधिभण्डल र नेपाली अधिकारीबीच काठमाडौंमा दुईदिने छलफलपछि मंगलबार श्रम सम्झौता गर्ने समझदारी भएको हो । श्रम......

निर्वाचनमा सर्वदलीय सहमति, संशोधन प्रक्रियामा जाने

21 hours ago

फागुन १०, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन गराउने विषयमा आम सहमति जुटेको छ भने संविधान संशोधन प्रक्रिया छलफलमा लान विपक्षी दल लचक देखिएका छन् । बैठकको अन्तिम समयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जानकारी दिएर......

निर्वाचन मिति घोषणा हुनु स्वागतयोग्य–नेता खनाल

23 hours ago

फागुन १०, इलाम – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन मितिको स्वागत गरेका छन् । इलामको साँखेजुङस्थित बञ्चरे गोलाइमा जापानी राजदूतावासको सहयोगमा स्तरोन्नति गरिएको सडकको मंगलबार उद्घाटन गर्दै संविधान कार्यान्वयनका लागि सरकारले घोषणा गरेको निर्वाचन......

निर्वाचनको मितिमा शङ्का नगुहोस् : मन्त्री महरा

23 hours ago

फागुन १०, रुपन्देही – उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले तोकेको निर्वाचनको मितिमा शङ्का नगर्न आग्रह गरेका छन् । केन्द्रीय अनुगमन टोलीले मंगलबार भैरहवामा आयोजना गरेको लुम्बिनी अञ्चलस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री महराले सरकारले निर्वाचन आयोगदेखि सरोकारबालसँग छलफल गरेर......

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

23 hours ago

फागुन १०, मेलम्ची – चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई आज यहाँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन् । प्रहरीको नियमित जाँचका क्रममा मेलम्ची नगरपालिका–८ स्थित बाहुनेपाटी बजारबाट ना४४प १२२५ नंको नक्कली नम्बरप्लेट......

बाघको आक्रमणबाट घाइते

23 hours ago

फागुन १०, वालिङ – स्याङ्जाको कालिकाकोट गाविस–७ आङभाङमा आज बाघको आक्रमणबाट स्थानीय हुमकान्त चापागाई घाइते भएका छन् । प्रहरी कार्यालय वालिङका अनुसार घर नजिकैको बारीमा काम गर्ने क्रममा ६० वर्षीय चापागाईलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका......

स्थानीय निकायको निर्वाचन मिति घोषणा हुनु सकारात्मक

23 hours ago

फागुन १०, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मक रुपमा लिएको छ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकारले स्थानीय निकायको निर्वाचनको......

पेस्तोल देखाएर ७५ हजार लुटपाट

23 hours ago

फागुन १०, भक्तपुर – पाँचजनाको समूहमा घरभित्र पसेका लुटेराको समूहले भक्तपुर नगरपालिका–२ लिवालीस्थित राजकुमार लाखेमरुको घरबाट रु आठ लाख ७५ हजार ६६० लुटेर लगेका छन् । गएराति दुईवटा मोटरसाइकलमा आएका नकावधारी पाँचजनाको समूहले भैरब इँटाभट्टाका सञ्चालक लाखेमरुको परिवारलाई पेस्तोल देखाएर उक्त रकम......

योग, ध्यान, प्राकृतिक चिकित्साप्रति समुदायमा चेतना जगाउनुपर्छः मन्त्री कार्की

फागुन ११, काठमाडौँ– योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम......

राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग

फागुन ११, काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह......