Newspaper

लोकमान लडाउने वकिल

3 years ago

पुस २५, काठमाडौं – अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो । उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो । उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुहुन्छ, कसैलाई भन्थिन, अर्को फोनमा व्यस्त हुनहुन्छ । साँच्चै ओमप्रकाश चटारो थियो– बधाई लिने र......

एमालेको रहस्यमय अडान परिवर्तन : दाहाल-ओली मन्त्रणापछि खुल्यो संसद्

3 years ago

पुस २५, काठमाडौं – एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ । आइतबार अपराह्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष......

करोडौं रकम बोनस बाँड्दै प्राधिकरण

3 years ago

पुस २५, काठमाडौं – नागरिक उडयन प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ । यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको खबर आजको नागरिक दैनिकमा छ । संस्था निरन्तर नाफामा रहेको भन्दै प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको हो । उक्त......

त्रिवेणी–सुस्ता पुल निर्माणमा भारतीय अवरोध

3 years ago

पुस २५्, काठमाडौं – नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्ला प्रशासन......

पृथ्वीनारायण शाहको सम्मान हुनुपर्छ : राष्ट्रपति

3 years ago

पुस २५्, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका नायक एवं राष्ट्रियता, एकता र अखण्डताका प्रतिक पृथ्वीनारायण शाहप्रति आफ्नो उच्च सम्मान रहेको बताएकी छन् । राष्ट्रपतिको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘आफू आज यो देशको नागरिक र राष्ट्रपति हुनुमा उनको एकीकरणको ठूलो योगदान छ । पृथ्वीको......

डाक्टरलाई बाहिर काम गर्न बन्देज

3 years ago

पुस २४, काठमाडौं – चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ। यो अस्पताल मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवा स्तर खस्किएको भन्दै सञ्चालक समितिले यस्तो निर्णय......

२०१६ सबैभन्दा तातो वर्ष

3 years ago

पुस २४, काठमाडौं – सन् २०१६ मा सबैभन्दा बढी तातो वर्षको रूपमा देखिएको छ। पहिलोपटक विश्वको तापक्रमको विश्लेषण गरेको कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसले सन् २०१६ को विश्वभरको तापक्रम वृद्धिको विश्लेषण गरेको हो। उसले पृथ्वीको सबैभन्दा बढी तापक्रम वृद्धि भएको महिनाको रूपमा गत वर्षको फेब्रुअरीलाई......

संशोधन अब रोकिन्न : प्रधानमन्त्री

3 years ago

पुस २४, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको संसद् बैठकबाट संविधान संशोधन विधेयक प्रक्रियामा जाने बताएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । वामपन्थी नेतृ शान्ता श्रेष्ठद्वारा लिखित ‘मान्छेभित्रको मान्छे’ संस्मरणसंग्रह विमोचन गर्दै शनिबार उनले सर्वोच्च अदालतको आदेशपछि......

यसरी छानिँदै छन् उच्च अदालतका ८० न्यायाधीश

3 years ago

पुस २४, काठमाडौं – न्यायपरिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । परिषद्ले एक–दुई दिनभित्रै योग्यतम उम्मेदवार छनोटको सिफारिस गर्ने भएको छ । शुक्रबार बसेको बैठकले आइतबारदेखि सोमबार (भोलि) सम्म नियुक्ति सिफारिस टुंगो......

खेर जान्छ दैनिक ५ करोड लिटर पानी

3 years ago

पुस २४, काठमाडौं – काठमाडौं उपत्यकामा हाल वितरण भइरहेकोमध्ये दैनिक करिब पाँच करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा न्यून पानी वितरण भइरहेका वेला वितरित पानीसमेत चुहिएर खेर जाँदा उपभोक्ता चर्को अभाव खेप्न बाध्य छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले हाल दैनिक......

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी......

माला लगाएर कारागारबाट छुटे महरा

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका......